Loading...
मेलम्ची खानेपानी विकास समिति, ह्योल्मो मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति, ह्योल्मो खानेपानी सरोकार समितिलगायत स्थानीयवासीको समूहले आज विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेलाई धातुको नमुना हस्तान्तरण गर्यो ।
धातुको नमुना बुझ्दै महानिर्देशक घिमिरेले मङ्गलबारसम्म परीक्षणको नमुना आउने र त्यसपछि मात्र त्यस विषयमा केही भन्न सकिने बताउनुभयो ।
शुक्रबार हेलम्बुस्थित मेलम्ची खोलाको मुहानमा इन्टेकको काम गर्दा पाँच मिटर लम्बाइ र चारमिटर चौडाइको ढुङ्गामा सुन जस्तो टल्किने धातु भेटिएको स्थानीय भालु शेर्पाले बताउनुभयो ।
Loading...
Post a Comment