0
Loading...
काठमाडौं २७ मङ्सिर – चिनले नेपाल तर्फ सन् २००५ पछिकै सबैभन्दा ठूलो परिमाणको २ दशमलव ८ मिलियन डलर बराबरको सामान नेपाल तर्फ पठाएको छ ।
चीनले नेपालतर्फको सीमा क्षेत्रमा विकाश गरेको मैत्री सडक निर्माण भएपछि चीनले पहिलो पटक यतिका धेरै परिणाममा सामान नेपाल तर्फ पठाएको चीनको सरकारी सिन्हवा समाचार समितिले जनाएको छ ।
नेपालको हिमाली क्षेत्र हुँदै छिचोलेको सडकमार्ग भएर यो सामान काठमाडौं आइपुग्ने छ । चीनले पछिल्लो पटक पठाएका सामानमा दैनिक प्रयोग हुने अत्यावश्यकीय सामान र विद्युतीय सामाग्रीले भारतीय बजार नराम्रोसँग प्रभावित हुने भन्दै टाइम्स अफ इण्डियाले चिन्ता प्रकट गरेको छ ।

अहिले सम्म नेपालको बजारमा भारतको एकाधिकार जस्तै रहँदै आएकोमा चीनले भारतलाई काउन्टर दिन ब्यापारिक आपुर्ति ह्वात्तै बढाएको समेत उक्त समाचार माध्यमले लेखेको छ ।
सिन्हवा समाचार समितिका अनुसार नेपाल आउने सामाग्री बोकेका दर्जनौं ट्रक तिब्बतको नेपाली सीमा क्षेत्र केरुङहुँदै काठमाडौं आउने जानकारी दिएको छ । टाइम्स अफ इण्डियाले चीनले नेपाललाई गत वर्षको नाकाबन्दीपछि भारतमाथिको निर्भरता कम गर्न उक्साइरहेको समेत लेखेको छ । पछिल्लो समयमा नेपाल भारतसँगको एकल निर्भरता तोड्दै चीनसँग दुरसञ्चार, इन्टरनेट र विद्युतीय सामग्रीमा चीन तर्फ निर्भर बन्न थालेको समेत उक्त समाचार माध्यमको दावी छ ।
नेपाल र चीनबीच गत साता मात्र चिनियाँ कन्टेनरको आवत जावतका लागि सम्झौतामा हस्ताक्षर भएको थियो । गत महिना नेपाल टेलिकमले चिनियाँ टेलिकमका सामग्री प्रयोग गर्ने गरी सम्झौता गरेको थियो ।
टाइम्स अफ इण्डियाले विश्लेषकहरुलाई उद्धृत गर्दै लेखेको छ, “उत्तरी छिमेकीबाट नेपालतर्फ आइरहेको सामाग्रीको बहावले चीनले नेपालसँग रेलको सञ्जाल जोड्ने कुरालाई बल पुर्‍याउने छ” ।
नेपालका प्रधानमन्त्री प्रचण्डले यो कुरालाई प्रोत्साहित गरिरहेका छन् किन भने उनी चिनियाँ राष्ट्रपति शी जिनपिङलाई नेपाल भ्रमण गराउन चाहन्छन् । यस्तो भ्रमणले उनको छविलाई मद्दत पुर्‍याउँछ”, एक विश्लेषकको उद्दरण दिँदै टाइम्स अफ इण्डियाले लेखेको छ ।
ती विश्लेषकको विचारमा चीनले पनि प्रचण्डको सरकारको आयु लम्बियोस भन्ने चाहेको छ किन भने शेरबहादुरले हालै तिब्बती प्रधानमन्त्रीलाई भेटेर चिनलाई चिढ्याएका छन् ।
सिन्हवाका अनुसार जुत्ता, कपडा, ह्याट, फर्निचर, भान्साका सामग्री लगायतका सामान ५२०० किलोमिटरको रेल यात्रा पछि ट्रक हुँदै काठमाडौंका लागि दिशा लिइसकेका छन् । चीनको ग्याङडोङ प्रान्त देखि तिब्बतको सिगात्से सम्म आइपुग्ने ती सामाग्री ६ हजार किलो मिटर दुरी पार गरेर नेपाल आइपुग्नेछन् । चीनले भारतीय सामानसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्न सकोस् भनेर त्यस्ता सामानमा कर छुट तथा अनुदान समेत दिएको दावी टाइम्स अफ इण्डियाले गरेको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच २ देशलाई रेल सञ्जालले जोड्ने सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालले चीनसँगको रेल मार्ग अध्यन गर्न भन्दै बजेट समेत छुट्टाएको छ ।
चीनको ग्याग्झोउ देखि केरुङ सम्म सामान आइपुग्न २० दिनको समय लाग्छ । तर यसलाई ३७ केवल साढे ३ दिनमा छोट्याउनका लागि चीनले रेल सञ्जाल विस्तार गर्न चाहेको छ ।
Loading...

Post a Comment

 
Top