Loading...
एक उच्च प्रहरी अधिकारीका अनुसार घटनापछि मनोजले घटना आफूले गराएको भनेका छन् । तर, प्रहरीले भने औपचारिक जानकारी नआएको बताएको छ ।
तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । तिवारीको केवीआई इँटा उद्योग छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि मनोज भागेका थिए । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले भने, ‘तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको रहेछ । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् ।
Loading...
Post a Comment