काठमाडौं ३ पुष –
उपल्लो मुस्ताङको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ। आज बिहान एक्कासी आएको
बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ। यस्तै ठूला
ठुला ढुंगा खसेर बाटो अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज
पोखरेलले बताए।
अहिले सम्म कुनै मानवीय र पुल बाहके भौतिक क्षति नभएको पोखरेलले बताए। घटना
स्थलमा प्रहरी हिँडीसकेको छ। प्रहरीको टोली त्यहाँ पुगेपछि मात्रै घटनाको
विस्तृत विवरण थाहा हुने पोखरेलले बताए।
Post a Comment