Loading...

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री
एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार
जन्मदिन मनाउँदै हुनुहुन्छ । आफ्नो ६२ औं जन्मदिनको अवसरमा उहाँ बिहानैदेखि
व्यस्त हुनुहुन्छ । बिहान ७ बजे उहाँले सरकारी निवास बालुवाटारमा
जनयुद्धका घाइते कालिकोटका सर्जन बिकलाई भेटेर कार्य शुभारम्भ गर्नुभएको
प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डलाई जन्मदिनको शुभकामना दिन नेकपा ९क्रान्तिकारी माओवादी० का अध्यक्ष मोहन वैद्य किरण बिहानै बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिंदै समसामयिक राजनीतिक विषयमा पनि कुरा गर्नुभएको थियो । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शितल निवासमै बोलाएर प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।

Post a Comment