Loading...
आईजीपी नियुक्तिको ‘रेस’मा देशका ठूला दलालहरुसमेत सक्रिय भएका छन् । अबको ठिक ७० दिनपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकाश पाउ“दैछन् । सरकारले अनुमति दिए उनी एक महिना पहिले नै बिदामा बस्ने तयारीमा छन् । जसअनुसार अबको करिब एक महिनाको अवधिमा सरकारले नया“ आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपी फेरिने अवधिसम्म प्रचण्ड नेतृत्वकै सरकार रहने देखिएको छ । जसकारण आईजीपीका दाबेदारहरु यतिबेला वालुवाटार धाउन व्यस्त छन् । विभिन्न दलालहरुलाई लिएर डिआईजीहरु बालुवाटार धाउन व्यस्त रहेको बालुवाटार स्रोत बताउ“छ । डिआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी नेपाल प्रहरीको २५ औं आईजीपीका दाबेदार हुन् । पछिल्लो समय उनीहरुले कार्यालयमा भन्दा विभिन्न रेष्टुरेन्ट र नेताहरुको घरमा बढी समय बिताउन थालेको स्रोतको भनाइ छ । तेस्रो नम्बरमा रहेका डिआईजी चन्द कांग्रेस सभापति शेरबहादुर देउवास“ग सुदूरपश्चिमको साइनो जोडेर आईजीपी हुने दाउमा छन् । यातायात मन्त्री रमेश लेखक उनका सबैभन्दा भरपर्दा नेता हुन् । लेखकमार्फत् उनले देउवालाई रिझाएका छन् । पहिलो नम्बरमा रहेका डिआईजी सिलवालको पनि देउवास“ग राम्रँे सम्बन्ध छ । दोस्रो नम्बरका डिआईजी प्रकाश अर्यालको भने गृहमन्त्री विमलेन्द्र निधिस“ग राम्रँे सम्बन्ध छ । यद्यपि सिलवाल र चन्दले पनि निधिस“ग सम्बन्ध विस्तार गरिसकेका छन् । आईजीपी नियुक्तिमा विभिन्न दलालहरुले वालुवाटारमा चलखेल सुरु गरेका छन् । प्रचण्डलाई भेटाउन कोही माओवादी केन्द्रका नेताहरु सिलवाललाई त कोही चन्दलाई लिएर जाने गरेको स्रोत बताउ“छ । प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले त एक डिआईजीलाई आईजी बनाइदिने भन्दै आर्थिक सहयोग लिन थालिसकेका छन् । दोस्रो नम्बरमा रहेका डिआईजी अर्याललाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सहयोग गरेको उच्च प्रहरी अधिकारी बताउ“छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि उनी केही निराश भएको बताइन्छ । कार्कीस“ग उनको राम्रँे सम्बन्ध थियो । चौथो नम्बरका डिआईजी बमबहादुर भण्डारी भने अन्य तीन डिआईजीको तुलनामा नेताहरुको कम चाडकीमा लागेका छन् । यद्यपि आफ्ना चिनजानका नेताहरुमार्फत् उनले लबिङ भने गरिरहेका छन् । चार जना डिआईजीबीच यसपटक चर्काे प्रतिस्पर्धा रहेकाले आईजीपी बढुवामा ठूलो आर्थिक चलखेल हुने आ“कलन गरिएको छ । प्रधानमन्त्री र गृहमन्त्री पनि पैसाकै आधारमा निर्णय गर्ने प्रवृत्तिका व्यक्ति भएकाले आईजीपी बढुवाको खेलमा दलालहरुले चलखेल गर्ने मौका पाएका हुन् । आईजीपी बढुवामा केहीले त बिदेशी दूतावासका अधिकारीहरुमार्फत् समेत लबिङ गर्न थालेको स्रोत बताउ“छ । आईजीपी बढुवाको दौड अघि बढ्दा प्रहरीमा गुटबन्दी पनि बढेको छ । चारै जनाले आफू निकट प्रहरी अधिकारीमार्फत् लबिङ गरिरहेका छन् । उनीहरु १३ महिना मात्र रहने भएकाले त्यसपछि आईजीपीका दाबेदार एसएसपी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की पनि अहिलेदेखि नै दौडधुपमा लागिसकेका छन् । दृस्टी साप्ताहिकमा आज खबर छापिएको छ |
Loading...
Post a Comment