0
Loading...


काठमाडौं,पौष ०३ । लक्ष्मी परियारको मृत्यु भएपछि हिरासतमा थुनिएका लक्ष्मी परियारको श्रीमान् मिलन परियारलाई प्रहरीले चरम यातना दिएको छ ।
हिरासतमा राखेका मिलन परियारलाई प्रहरीले चरम यातना दिएपछि उनी कानै नसुन्ने अवस्थामा पुगेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘कानबाट रगत बगिरहेको छ । शरिरभरी नीलडाम छन् । प्रहरीले जाली फुटाइदिएर कानै नसुन्ने अवस्थामा पुगेका छन् ।’ हिरासतमा लक्ष्मीलाई दिसा खुवाएर कुटपिट गर्ने हिरा लामा र मिलनलाई सँगै राखेको छ । यसरी संगै राख्दा मिलनको ज्यानको खतरा रहेको पनि स्रोतले जनाएको छ ।
हिरासतमा मिलनलाई भेटेकी अधिकारकर्मी कमल गहतराजसँग मिलनले मलाई बचाउनुस्, प्रहरीले यातना दिइरहेको छ । बयान लिने बेला कानमा कुटेर दायाँ कान नै नसुन्ने भएको छु भन्दै बिलौना गरिरहेका थिए । गत २४ मंसिरमा लक्ष्मीको मृत्यु भैसकेपछि प्रहरीले मिलनसहित हिरा, काइलीमाया लामा र निरमाया तामाङ्गलाई फक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखेर अनुसन्धान गरिहेको छ । लक्ष्मी हत्याको विषयमा आज आरोपीलाई अदालतमा प्रस्तुत गरिनेछ ।
Loading...

Post a Comment

 
Top