काठमाडौं, ३ पुस । प्रमुख
प्रतिपक्ष दलले संसोधन फिर्ता नगरि संसदको अवरोध नखुलाउने अडान लिएपछि
सरकारले संविधान संसोधन विधेयकलाई संसदीय प्रक्रिया अघि बढाउने तयारी गरेको
छ । भोली बस्ने व्यवस्थापिका संसदमा संसोधन विधेयक टेबुल गर्नेगरि छलफल
भइरहेको छ । आज सत्तासन दलबीच छलफल गरेर भोलीको बैठकमा कसरी अगाडी बढ्ने
भन्नेमा रणनीति तय हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच पनि सरकारले संविधान
संसोधन विधेयक टेवुल गर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले
जानकारी दिइन ।
सभामुुख ओनसरी घर्तीसँगको सहमतिमा विधेयक सोमबार नै टेवुल गर्न सरकारलाई
समय दिनेगरि कार्यसूची बनेको छ । प्रवक्ता भूषालले विधेयक टेबुले हुनेगरि
कार्यसूची बनेको दावी गरे । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने सहमतिको
वाताबरण नबने आफ्नो ढंगले अघि बढ्ने रणनीति छ ।
Post a Comment