0
Loading...
काठमाडौँ, ३ पुस - भारत पाकिस्तान सीमावर्ती पन्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा पार्ने काम गरिरहेका गुम्ली बडागाउँ ३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ।

माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एक अर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्। तर मछुवारको भरिया मात्रै बनेर काममा गएका ३३ वर्षे यसबहादुर सार्की भने आफू नेपाली भएको पहिचान जुटाउनै नसकेर महिनौँदेखि जेलमा थन्किएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
Loading...

Post a Comment

 
Top