0
Loading...

काठमाडौं , २६ मंसिर – एमाले निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालबाट फिर्ता पठाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउँदै छन् ।
राजदूत रायले कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतलाई आइतबार ज्ञापनपत्र बुझाउन लागिएको हो । ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले राजदूत रायलाई फिर्ता पठाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो,’ अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘ज्ञापन पत्र बुझाउनकालागि मन्त्रीलाई भेट्ने समय मिलाउँदै छौं ।’ अनेरास्ववियुसहित प्रतिपक्षमा रहेका राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले संविधान संशोधनको विरोध र भारतीय हस्तक्षेपको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि लैनचौरस्थित भारतीय दूतावास नजिक बिरोध प्रदर्शन समेत गरेका थिए ।
आन्दोलनको क्रममै उनीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड जुलुश र मंगलबार बानेश्वरमै सडक बहस कार्यक्रम गर्न लागेका छन् । सडक बहस कार्यक्रममा एमाले नेता लालबाबु पण्डितसमेत सहभागी हुने अनेरास्ववियुका सचिव पराजुलीले जानकारी दिए ।
Loading...

Post a Comment

 
Top