0
Loading...
धादिङ, पुस ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्पूर्ण कार्यकर्तालाई मतभेदमा नअड्की निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।सोमबार धादिङबेसीमा बीपी स्मृति भवनको शिलान्यास गर्दै पौडेलले सरकार निर्वाचन गर्ने तयारीमा रहेको भन्दै पार्टीको सम्पूर्ण शक्तिलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरु डा. रामशरण महत, डा. मीनेन्द्र रिजालले संविधान कार्यान्वयन गर्ने मुख्य दायित्व कांग्रेसको काँधमा रहेकाले आफ्नो समर्थनमा बनेको सरकार संविधान कार्यान्वयन गरी निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।भवन शिलान्यासपछि मन्चमा पुगेका नेताहरु एक्कासि मन्च भत्किएपछि भागदौड चलेको थियो । यसैक्रममा धादिङकी कांग्रेस नेत्री भगवती पौडेलको खुट्टा भाँचिएको छ भने मन्चमा सहभागी अरु सबै नेताहरु सकुशल छन् ।हेलिकोप्टर लिएर कार्यक्रममा पुगेका उद्योग राज्यमन्त्री रोमी गौचन भने सुरुमै बोल्न नदिएको भन्द्रै आक्रोशित भइ मन्चबाट बाहिरिएका थिए । इमेज खबर बाट
Loading...

Post a Comment

 
Top