0
Loading...
काठमाडौँ, २८ मंसिर । अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी र फ्रान्सका खेलाडी एन्टोनी ग्रीजम्यानलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले चौथो पटक ‘बेलुन डो अर’ अर्थात् यस बर्षको सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।
ronaldo
फ्रान्सको फुटबल म्यागजिनले प्रदान गर्ने सो उपाधिको गएराती घोषणा गरिएको छ । यस अघि फिफासँगको सहकार्यमा प्रदान गरिदै आएको सो अवार्ड यस बर्ष देखि भने फिफासँगको सहकार्य तोडिएको छ र फिफाले अलग्गै बर्ष खेलाडीको उपाधि आगामी जनवरीमा घोषणा गर्दै छ ।
संसार भरीका १७३ खेल पत्रकारहरुले गरेको भोटिंगका आधारमा रोनाल्डोले सो उपाधि पाएका हुन् । भोटिंग गर्दा आफ्नो पहिलो रोजेको खेलाडीलाई ५ अंक दोस्रो रोजेको खेलाडीलाई ३ अंक र तेस्रो रोजेको खेलाडीलाई एक अंक दिने गरी भोटिंग गरिएको थियो । सो भोटिंगमा रोनाल्डोले आफ्ना प्रतिद्वन्दी मेसी भन्दा ४२९ अंक बढी ल्याएका थिए । रोनाल्डोले कुल ७४५ अंक पाएका थिए भने मेसीले केबल ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेका ग्रीजम्यानले १९८ अंक पाएका थिए । रोनाल्डोले यसअघि सन् २००८, २०१३ र २०१४ मा यो उपाधि जितेका थिए । यस बर्ष उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउन र आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । ३१ बर्षिय रोनाल्डोले यस बर्ष फिफाले प्रदान गर्ने बर्ष खेलाडीको उपाधि पनि जित्ने विश्वास गरिएको छ ।
अर्जेन्टिनाका लियोनेल मेसीले यो उपाधि ५ पटक जितेका छन् । हाल क्लब विश्वकपका लागि जापानमा रहेका रोनाल्डो अवार्ड वितरण कार्यक्रममा भने अनुपस्थित रहेको बताइएको छ ।
Loading...

Post a Comment

 
Top