0
Loading...
चितवन।नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटले सरकारले कुनै पनि हालतमा संविधान सशंोधन प्रक्रिया फिर्ता नलिने बताउनुभएको छ । उहाँले पाँच नम्बर प्रदेशकै भएको कारण पार्टी नेता टोपबहादुर रायमाझी संशोधन विरुद्ध लागेको आरोप पनि लगाउनुभयो ।
नेपाल प्रेस सेन्टर चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सापकोटाले संविधान संशोधन सरकार गठनका वेला भएको तीन बुदेँ सहमतिको आधारमा आएको पनि प्रष्ट पार्नुभएको छ । उहाँले अनिवार्य र आवश्यकता भएकै कारण सरकारले सविधान संशोधन प्रक्रिया अगाडि बढाएको बताउदै संशोधन विद्येयक फिर्ता नहुने जिकिर समेत गर्नुभयो ।


नेता सापकोटाले संविधान संशोधन पारित भए पनि नभएपनि सरकारले चुनाव गराएरै छाड्ने जिकिर गर्नुभयो । ५ नं. प्रदेशबाट प्रतिनिधित्व गरेकै कारण टोपबहादुर रायमाझीले संविधान सशोधन विरुद्ध लागेको पनि आरोप लगाउनुभयो । रायमाझीले पार्टीको निर्णय विपरित भोटिङ्ग गरे कारवाही गर्ने चेतावनी दिनुभयो ।
नेता सापकोटाले चुनाव पहिलो आवश्यकता भएको भन्दै एमाले अवरोधका कारण महाभियोग समेत ओझलमा परेको बताउनुभयो । संविधान संशोधन कतैबाट निर्देशित नभई संघीयता जटिल र पेचिलो भएकोले सबै जातजाति सबै क्षेत्रको अधिकार सुनिश्चित गर्नका लागि भएको समेत बताउनुभयो ।
Loading...

Post a Comment

 
Top