Loading...
स्रोतका अनुसार सीता दाहालले आफ्ना भाइ ऋषि पौडेलकी बुहारी लक्ष्मी पौडेल सुवेदीलाई विद्युत प्राधिकरणमा ठाडो आदेशमा जागिर खुवाएकी छन् । सीताकी आफन्त लक्ष्मीलाई जागिर खुवाउन उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहयोग गरेका हुन् । लक्ष्मी पौडेल सुवेदीलाई ठाडो आदेशमा प्राधिकरणको चितवन शाखामा जागिर खुवाएपछि कांग्रेस र एमाले निकट मजदुर संगठनहरूले विरोध पनि गरेका छन् । तर उनीहरूले खुलेर विरोध गर्न भने सकेका छैनन् । विरोध हुनेवित्तिकै जनार्दन र कुलमानले राजधानीलाई लोडसेडिङमुक्त गराउँदा विरोध गरेको आरोप लगाउने भएकाले मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङले धमाधम माओवादी कार्यकर्ता र सीता दाहालका आफन्तलाई जागिर खुवाउन थालेका हुन् । सीता दाहालले भतिजु बुहारीलाई जागिर खुवाएको थाहा पाएपछि स्थानीय माओवादी केन्द्रका कार्यकर्ताहरू आक्रोशित बनेका छन् । ‘जनयुद्ध लड्ने हामी’, एक माओवादी कार्यकर्ताले भने, ‘जागिर पाउने सीता दाहालका माइती पक्ष । कति राम्रो संस्कार बने छ ?’ हुन त कुलमान घिसिङलाई प्रयोग गरेर उर्जामन्त्री शर्माले ‘अप्पर अरुण’ आयोजना निजी क्षेत्रलाई विक्री गर्ने भित्री योजना बनाएका छन् । सरकारले आफै बनाउने भनेको यो योजनामा तीन जना सदस्य बाधक बनेपछि गोरखापत्र दैनिकमा सूचना निकालेर जनादर्शन शर्मा र कुलमान घिसिङले हटाउने ठूलो प्रपञ्च गरेको स्रोतको भनाइ छ । राजधानीलाई लोडसेडिङमुक्त बनाएर एकाएक चर्चामा आएका कुलमान घिसिङ अहिले माओवादी केन्द्रको योजना र कार्यकर्तालाई मात्रै पोस्न सक्रिय भएको भन्दै विरोध पनि सुरु भएको छ । उनको यो कार्यले नेपाल विद्युत प्राधिकरणलाई नै बेफाइदा हुनेछ । कुलमानले गरेका राम्रा कामको सबैले सराहना गरिरहेका बेला प्रधानमन्त्री पत्नी सीता दाहाल, जनार्दन शर्मा र माओवादी कार्यकर्तालाई खुसी बनाउन छाडेर जनताको पक्षमा काम गर्न कांग्रेस र एमाले निकट कर्मचारीहरूले सुझाव दिएका छन् ।
Loading...
Post a Comment