0
Loading...

 

pregnancyसाधारण रुपमा महिलाहरु अनावश्यक गर्भबाट बच्नका लागि गर्भनिरोधक चक्कीको साहार लिने गर्दछन् ।
यी चक्कीले मुख भित्र आउने खटिरा र महिनावारीको क्रममा हुने पीडाबाट थोरै राहत दिने गर्दछ तर यो सबैको लागि सूट गर्दैनँ।
डेनमार्कमा भएको एक अनुसन्धानका अनुसार यी गर्भनिरोधक औषधीले डिप्रेशनको खतरा हुनसक्छ ।
तर आज हामी तपाईंलाई यस्ता चार सजिलो तरिका बारे जानकारी दिँदै छौं जसको मद्दतले गर्भनिरोधक चक्की बिना नचाहेको गर्भबाट बचाउन सकिन्छ ।
फर्टिलिटी एपः
अब एपको मद्दतले तपाईं आफ्नो फर्टिलिटी साइकलमा नजर राख्न सक्नुहुन्छ । पत्रकार हलि ग्रीग–स्पेलले यो एप बारे बताउँछिन्, ‘३० सेकेन्डभित्र तपाईंले आफू फर्टाइल भए नभएको थाहा पाउन सक्नुहुन्छ । जब तपाईं फर्टाइल हुनुहुन्छ तब सेक्स गर्नेबेलामा कण्डमको प्रयोग गर्ने नगर्ने भन्ने बारे निर्णय लिन सक्नुहुन्छ ।’
हलिले आफ्नो किताब ‘स्विटनिङ द पिल’ लाई लेख्नेबेलामा गर्भनिरोधको हमोन्समा निकै लामो समय काम गरेकी छिन् ।
नयाँ प्रकारको पिलः
दुई प्रकारको गर्भनिरोधक औषधी हुन्छन् । एउटा जसमा एस्ट्रोजेन र प्रोजेस्टेरोन दुबै प्रकारको हर्मोन हुन्छ । यी दुबै हर्मोन महिलामा पाइन्छ तर यसको मात्रा बढेपछि भने अण्डासयबाट ओभम निस्कन रोक लगाउँछ ।
जो महिलामा उच्च रक्तचाप र मोटोपनाको समस्या छ, उनीहरुले एस्ट्रोजन लिनु हानिकारक हुन्छ ।
त्यसकारण नयाँ प्रकारको पिलमा प्रोजेस्टेरोन मात्र हुन्छ जसलाई ‘मिनी पिल’ भनिन्छ । यी दुबै प्रकारको पिल ९९ प्रतिशत प्रभावकारी हुन्छ ।
पुरुषका लागि चक्कीः
महिलाको गर्भनिरोधक चक्की जति पुरानो हो, त्यति नै पुरानो पुरुषहरुको गर्भनिरोधक चक्की पनि छ तर यसको साइड इफेक्ट र बढी महँगो हुने भएकाले यो कहिले पनि सफल हुन सकेन ।
युनिभर्सिटी अफ वोल्वरह्यापटनका शोधकर्ताहरुले आफूहरुसँग यस्तो औषधीको सही फर्मूला छ जुन निकै प्रभावकारी हुनेछ भन्ने दाबी गरेका छन् ।
उनीहरुले एक विशेष प्रकारको पेप्टाइड (प्रोटिन) विकसित गरेका छन् जुन शुक्राणुको गतिलाई ढिलो बनाइदिन्छ । यसलाई चक्की, स्प्रे र क्रिमको रुपमा बनाउन सकिन्छ । यसको प्रयोग सम्भोगको केही घण्टा पहिले गर्नुपर्ने हुन्छ ।
पुरुषका लागि गर्भनिरोधक सूईः
भर्खरै भएको एक अनुसन्धान अनुसार पुरुषका लागि बनाइएको गर्भनिरोधक सूईले गर्भ रोक्नमा ९६ प्रतिशत प्रभावकारी भएको छ ।
२ सय ७० मानिसहरुमा गरिएको यो परिक्षणको क्रममा सहभागीलाई दुई हर्मोनको सूई हरेक आठ हप्तामा दिइएको थियो । एउटा प्रोजेस्टेरोन र अर्को टेस्टोस्टेरोनको सूई दिइएको थियो ।
६ महिनासम्म उनीहरुको जाँच गरेपछि ती सहभागीभित्र शुक्राणुको संख्यामा १० लाखले कमी आइसकेको छ ।
यो परिक्षण छिन छिनमा मुड परिवर्तन र मुखमा हुने समस्याका कारण बिचमा नै छोड्नु परेको थियो । तर शोधकर्ताहरुले यस विषयमा अहिलेसम्म पनि काम भइरहेको बताएका छन् ।
Loading...

Post a Comment

 
Top