0
Loading...
एजेन्सी । अर्बपतिसँग अनुहार मिलेकै कारण चीनका एक गरिब बालकको भाग्य चम्किएको छ । पूर्वी चीनका ८ वर्षका बालक फू श्या किन होको अनुहार अर्बपति तथा ई-कमर्स कम्पनी अलिबाबा कम्पनीका मालिक ज्याक मासँग मिलेपछि चिनमा हंगामा नै मच्चिएको छ ।
अनुहार मिलेकै कारण अशक्त आमाबुबाका छोरा फूका लागी खाने, बस्ने र पढ्ने समेतको ब्यबस्था ति अर्बपतिले नै मिलाइदिएको सिन्ह्वाले उल्लेख गरेको छ ।
किनका बुबा फू जियाफाको एउटा खुट्टामा समस्या छ र सरकारबाट पाउने सहयोगमा निर्भर छन् । उनकी आमा पोलियोबाट ग्रस्त छिन् । ति अर्बपतिसँग अनुहार मिलेसँगै फूले एड र चलचित्रमा समेत काम गर्ने मौका पाएका छन् ।
Loading...

Post a Comment

 
Top