0
Loading...
rolpa-liwang
रोल्पा, १४ मंसिर । रोल्पा लगायत पश्चिमका पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा मंगलबार रोल्पा बन्द गरिएको छ । सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले जिल्ला बन्द गरेका हुन् ।
बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधन ठप्प छन् । जिल्लाको सर्वदलीयरसर्वपक्षीय संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तर्गत सोमबार आधादिन जिल्ला बन्द गरिएको थियो ।
संघर्ष समितिले अहिलेसम्म विरोध ¥याली, प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने, चक्का जाम गर्ने, बजार कलकारखाना बन्द गर्ने लगायतका संघर्षका कार्यक्रम गरिसकेको छ ।
यसैबिच रोल्पाली र प्युठानीले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सोमबार प्युठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्युठानका संघर्ष समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
Loading...

Post a Comment

 
Top