0
Loading...
म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमान्ले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ। यो सामान्य हो कि  यसबाट कुनै खतरा छ? यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?।
परिवार बनाउने योजना भनेको के हो अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नुनै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला। सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ। यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ। स्तन कत्रो हुनुपर्छ ? स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ। स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन। के सानो स्तनले समस्या ल्याउँछ ? स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ। योनि कत्रो हुन्छ ? कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र mons pubis (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ। त्यसको मुनि तिरको अर्कोलाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। योनि मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इञ्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद (hymen, हाइमेन) भनिन्छ। यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ। के ठूलो योनिले समस्या पार्छ ? तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ? व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्। सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ। सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुादैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनिको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो। यौन जिज्ञासा र समाधान गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु » यसबाट भोलि गएर मेरो वैवाहिक जीवनमा कस्तो असर पर्ला ? म २१ वर्षिया अविवाहित महिला हुँ। मेरो एक जना पुरुषसँग प्रेम भएको दुई वर्ष भयो। हामीले शारीरिक सम्बन्ध पनि राखिसकेका छौं। अहिले आएर कुनै कारणवश झगडा भएकाले हामी एक-अर्काबाट अलग भएका छौं भने मेरो परिवारले मेरो विवाह अर्कै पुरुषसँग गरिदिने भएको छ। भोलि गएर मेरो विवाह भयो भने उसले मेरो पहिलेको प्रेमीसँग गरेको यौनसम्पर्कका बारेमा थाहा पाउला ? यसबाट भोलि गएर मेरो वैवाहिक जीवनमा कस्तो असर पर्ला ? नम्बर उल्लेख नगरिदिनुहोला विवाहपूर्व यौनसम्पर्क यौन आकर्षण हामी सबैमा स्वाभाविक रूपमै हुने कुरा हो। यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो नव-युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूलाई सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्दा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कति पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन्। ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक-अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ। यस्तो बेलामा कसरी सही निर्णय लिन सक्ने भन्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय पनि लिन सक्नुपर्छ। योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ। तपाईंको झगडा भएको र सम्बन्धले निरन्तरता नपाएको कुराले केही नरमाइलो लागेको छ, तर सम्बन्ध टुट्नुबाहेक अनिच्छित गर्भ रहनेजस्ता समस्याबाट जोगिनु भएको देखिन्छ। सायद गर्भनिरोधका साधन प्रयोग गर्नुभएको थियो हो ला। प्रेम परेकै थियो ? दुई विपरीत लिङ्गीबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धको एक विकसित रूप प्रेम हो। भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ। प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण हुन्छ र दीर्घकालीन हुन्छ। प्रेमीहरू आफ्नो सम्बन्धमा गर्व गर्छन्। प्रेममा शारीरिक पक्ष अलि पछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ। प्रेममा आफूले प्रेम गरेको व्यक्तिलाई दुःख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख पार्ने र भविष्यमै नकारात्मक असर पार्ने किसिमका क्रियाकलाप गरिँदैनन्। वास्तविक प्रेम नभै भौतिक आकर्षण मात्रको कुरा हो भने त्यसलाई प्रेम भन्न मिल्दैन। तपाईंले भन्नुभएजस्तै कतिपय पुरुषले यौनसम्पर्क गनर् का लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन्। तपाईंहरू बीचको सम्बन्ध कस्तो थियो, तपाईंले नै जान्ने कुरा हो। के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ? पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सजिलो छैन। महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन योनिच्छद -जymभल) भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर यकिनका साथ भन्न वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ। प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थ्ाामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हँुदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन। समाधान के हुनसक्छ ? सम्बन्ध चाहेअनुरूप अघि बढ्न सकेन भन्दैमा त्यसैमा अल्भिmएर बस्नु आवश्यक छैन। त्यसलाई बिर्सिएर अघि बढ्नु बुद्धिमानी हुन्छ। थाहा पाउला भनेर विवाह गर्नबाट भाग्नु हुँदैन। सबैभन्दा पहिले भावी श्रीमान्ले थाहा पाउलान् कि भन्ने भयबाट निस्कनुपर्छ। तपाईंका तथाकथित प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने कुरामा एकपल्ट विचार पुर्‍याउनुपर्ने हुन्छ, तर उसले भयादोहन -दबिअफबष्) िगर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ। भयादोहन गर्ने स्थिति छैन भने त पीर गर्नै परेन। प्रत्येक व्यक्तिले आफ्नो यौ नसम्पर्क राख्ने वा नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य-मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ। तपाइंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवन यापन गरिरहेका छन्। तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ। आफ्ना विगतका यी नराम्रा पानाबाट पाठ सिकेर सुन्दर भविष्य बनाउन प्रयासरत भै अगाडि बढ्न सक्नुभयो भने पक्कै पनि सुन्दर भविष्य तपाईंको सामु छ। मुख्य कुरा आफू दृढ भएर अठोट गर्नुहोस् कि अगाडिको सुन्दर भविष्यलाई आत्मसात् गर्छु, र निरन्तर प्रयासरत रहनुस्। अन्तमा, तपाईंलाई उज्ज्वल भविष्यको शुभकामना
Loading...

Post a Comment

 
Top