0
Loading...
काठमाडौं ।  प्रधानमन्त्री प्रचण्ड आइतबार बारास्थित रामदेवको शिविरमा प्रम्ख अतिथि बनेका थिए । शिविरमा छोटो समय विताएका प्रधानमन्त्रीले आतिथ्यमात्रै ग्रहण गरेनन्, रामदेवसँगै बसेर योगाभ्यासको प्रयास पनि गरे । यहाँ हामीले प्रचण्डका ७ वटा ‘रामदेव स्टायल’ प्रस्तुत गरेका छौं ।
1-prachanda-ramdevएमाले नेता झलनाथ खनालको शीरमा हात राखेका रामदेवले चाँहि प्रचण्डलाई झ्याप्प अंकमाल गरे । करबलले रामदेवको शिबिरमा पुगेका प्रचण्डले यो अंकमालप्रति रुची नदेखाएको उनको बडी ल्याङ्वेजमा प्रष्ट देख्न सकिन्छ । प्रधानमन्त्री प्रचण्डलाई उपेन्द्र महतोले चाँहि मालाले स्वागत गरे ।
2-prachanda-ramdev प्रधानमन्त्री प्रचण्डलाई रामदेवको छेवैमा राखेर योगासन गर्न लगाइयो । प्रचण्ड हल्का शर्माइरहेका जस्ता देखिन्थे । प्रधानमन्त्रीमा पछाडि टुप्पीधारी वालकहरुलाई पनि राखिएको थियो ।
3-prachanda-ramdevअर्धनग्न रहेका रामदेवले हातले आँखा छोपेर योगा गरिरहँदा सुट पाइन्टमा रहेका प्रधानमन्त्रीले चश्मा बाहिरैबाट रामदेवको ‘स्टायल’ पछ्याउने प्रयास गरे ।
4-prachanda-ramdevमञ्चमा पु्गेका प्रधानमन्त्रीलाई सुरुमा पानसमा बत्ति बाल्न लगाइएको थियो ।  प्रधानमन्त्रीले बत्ती बाल्दा रामदेवले उनको पाखुरामा समातेका थिए ।
5-prachanda-ramdev केहीबेर रामदेवको छेउमा राखिएका प्रधानमन्त्रीलाई सेतो सोफामा राखेर प्रमुख अतिथि बनाइयो । उनका साथमा माओवादी नेता मात्रिका यादव पनि थिए । चौरीमा रामदेवको ‘फलो’ गरिरहेका योगप्रेमीहरुतर्फ हेर्दै प्रधानमन्त्री हल्का मुस्कुराएर बसेका थिए ।
र, थप दुई तस्वीर
6-prachanda-ramdev 7-prachanda-ramdev
तस्वीर सौजन्यः दिनेश श्रेष्ठ/प्रधानमन्त्रीको निजी सचिवालय
Loading...

Post a Comment

 
Top