0
Loading...
एप्पल कम्पनीका मालिक स्टिभ जब्सको क्यान्सर रोगका कारण सन् २०११ मा मृत्यु भएको थियो । उनी एक सफल व्यवसायी हुनुका साथै अत्यन्त विवेकशील र खारिएका व्यक्ति थिए । उनका हरेक निर्णयहरु दुरदर्शी हुने गर्थे । निधन हुनुअघि स्टीभका अन्तिम शब्दहरु के थिए भन्ने धेरैलाई चासो हुन सक्छ । ती शब्दहरु हामी यहाँ जस्ताको तस्तै प्रस्तुत गर्दैछौं । स्टीभले जिवित छँदा बोलेका अन्तिम शब्दहरु यस्ता थिए: – म व्यवसायिक दुनियाँमा सफलताको शिखरमा टेकिसकेको छु । अरुको नजरमा मेरो जीवन सफलताको अर्को नाम हो । तर कामलाई छोडेर यदि मेरो जीवनको विषयमा कुरा गरेँ भने मलाई यही लाग्छ कि पैसा जीवनको केवल एउटा अंग हो र म यसमा अभ्यस्त भइसकेको छु । -आज यो बेडमा सुतेर मैले आफ्नो सिंगो जीवनलाई फर्किएर हेरेँ भने मलाई लाग्छ कि जिन्दगीमा मैले जुन नाम र पैसा कमाएको छु, मृत्युको बेला कुनै काम आउने छैन । -आज म यहाँ अँध्यारोमा लाइफ सपोर्टिङ मेसिनको हरियो बत्ति हेरिरहेको छु । साथै भगवानलाई महसुस पनि गरिरहेको छु । मलाई मृत्यू नजिकै आएको भान भइरहेको छ । यतिबेला म भन्न चाहन्छु कि जब तपाईं आफ्नो अन्तिम समयका लागि पर्याप्त रुपैयाँ जम्मा गर्नुहुन्छ, त्यतिबेला तपाईंले आफ्नो नाता, कला र आफ्नो बाल्यकालको सपनामा ध्यान दिनुपर्छ । सँधै र लगातार पैसा कमाउने आदतले तपाईंलाई म जस्तै एक विकृत मानिस बनाइदिन्छ । – तपाईं आफ्नो लागि ड्राइभर नियुक्त गर्न सक्नुहुन्छ तर, जति धेरै पैसा भए पनि तपाईं आफ्नो बिमारी लिइदिने अर्को व्यक्ती नियुक्त गर्न सक्नुहुन्न । आफ्नो पीडा तपाईं स्वयम्ले भोग्नुपर्छ । -तपाईं हरेक चिज दुईपटक हासिल गर्न सक्नुहुन्छ, जीवनबाहेक । सँधै आफ्नो परिवार, श्रीमती र आफ्ना साथीहरुलाई माया गर्नुस किनकी प्रेम र सम्झनाहरु नै हुन् जसलाई तपाईं आफूसँगै लिएर जान सक्नुहुन्छ । एजेन्सी र अनलाइन खबरको सहयोगमा
Loading...

Post a Comment

 
Top