0
Loading...
गुल्मी – आफूलाई काली माता उत्रेको भन्दै गुल्मीको ऐतिहासिक चारपाला दरबारको ईश्वरी देवि मन्दिरमा त्यहाँका एक दलित युवती प्रवेश गरेर पुजा आराधना सुरु गरेकी छिन् ।
उक्त चारपाला दरबार स्थापना भएको झण्डै ३ शताब्दीको इतिहासमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदायभित्र हंगामा सुरु भएको छ ।
आइतबार बिहान खाना पकाईरहेको बेला एक्कासी कालीमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षीया पुजा परियार साढे ९ बजे चारपाला दरबारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरेपछि पुजा समितिका मानिसहरुलाई मैले ईश्वरी मातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर, समितिका कुनै पनि पदाधिकारीहरुले अहिले ताल्चा छैन् खोल्न सकिँदैन भनेर टारीरहे ।
साँझ ६ बजेसम्म पनि नखोलिएपछि उनको शब्दमा कालीमाई कै शक्ति ग्रहण गरेर मुल ढोका फोरी पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मीसहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले ३ दिन लगातार कालीमाईले पुजा गर्न भन्नुभएको छ भन्दै मन्दिर छाड्न नमानेपछि ३ दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सबै मञ्जुर भएका छन् ।
पुजा समितिका अध्यक्ष रुद्रबहादुर बुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो अबेर सम्म के कारणले ढोका खोलियो ? जबकी पुजारी बाहेक कोही बस्न नपाउने निर्णय समितिले भन्दै उनलाई अफ्ठ्यारोमा पार्ने तर्कहरु निकाल्न खोज्दै थिए । तर त्यहाँका दल र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु बीच राम्ररी छलफल भएपछि उनीहरु पछि हटेका थिए ।charpala-temple-4
‘अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत परियारले यो मन्दिर सबैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवि उत्रिँदा समेत बाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौंसम्म तानावाना बुनेर मलाई दुख दिईयो, त्यसपछि साँझ कालिमाता आफै शत्तिी ग्रहण गरेर ठूलो ताल्चा फोरेर मलाई भित्र पसाउनुभयो’ उनले भनिन् ।
बाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा आफूले थाहा पाएको उनको आरोप थियो । उनले पटकपटक लुटेराहरुको संज्ञा दिँदै समितिका मान्छेहरु मानव विरोधी, देवि–देउता विरोधी भएको आरोप लगाईन् । उनी मन्दिर प्रवेश गर्ने साहस आफूले नबटुलेर कालिमाता आफैँले बटुलेको ठोकुवा गरिन् ।
उनले कालिमाताले जस्तोखालको रुपरेखा र क्रियाकलाप गर्ने गरेको देखिन्थ्यो त्यो जस्ताको त्यस्तै गर्ने गर्दछिन् । नढाँटी आफ्ना विवरण पेश गरे उनले सबै बकेर प्रष्ट पारी दिन्छिन् । मनमा पाप राखेर बोले उनलाई बक्न निकै सकस हुने र बेहोस हुने गर्दछिन् ।
आफूलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो नहुने उनको भनाईछ । उनका काका ईश्वरी परियारका अनुसार उनलाई दशैको घटस्थापनादेखि कालिमाई उत्रेका थिए ।
त्यसअघि उनलाई केहि भएको थिएन् । तर, नहुने चोखो जल चढाउँदै उनी सामान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनी भारतमै जन्मेर हिन्दुधर्मकी अनुआयी रहेकी थिईन् ।
charpala-temple-1नेपाली कांग्रेसका नेता अशोक थापा, नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकमा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर बिक, ईश्वरी माविका प्रधानध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक बुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखेपछि कुनिष्ठा देख्ने जस्ता पुरातनवादीहरु पछि हट्न बाध्य भएका थिए ।
मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित समुदायहरुले बोलाएपछि दलित वर्गउत्थान जिल्ला समन्व्य समितिका उपाध्यक्ष ईश्वरी परियार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिक र यसै समाचारदाता त्यहाँ पुगेका थिए ।
झण्डै चार घण्टा लामो छलफलपछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यसपछि उनलाई त्यस भेगको गहनाका रुपमा संरक्षण र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर बाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर गह्रदशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो ।
परियार पनि त्यस कुरामा सहमत भईन् र पुजा सुरु गरेर बसिरहेकी छिन् ।
उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको मानसिकता दिलैदेखि तोडिने नतोडिने कुरामा भने भविष्यले बताउने देखिएको छ । यस प्रश्नमा स्थानिय गैह्रदलित शिक्षक बुद्धिजिवी र राजनैतिक दलका नेताहरुले मानसिकताबाटै पनि तोडिने तर्क राखेका छन् ।
‘जातिय विभेद चारपालावासीले राखेनन् र उनीहरुले अन्य गाउँवासीलाई पनि सकरात्मक सन्देश दिएका छन्’ –जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीले यस्तो प्रतिकृया दिए । हेरौं तस्वीरमा उनै दलित युवतीद्धारा पुजा पाठको चहल पहल ।charpala-temple-9 charpala-temple-6 charpala-temple-4 charpala-temple-8 charpala-temple-5 charpala-temple-3 charpala-temple-2
Loading...

Post a Comment

 
Top