0
Loading...
मानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन। यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा  पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ। साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।
Loading...

Post a Comment

 
Top