0
Loading...
यो निकै हृदयविदारक छ । ब्राजिलका फुटबल खेलाडीले विमान दुर्घटनामा मृत्युवरण गर्नु एक हप्ताअघि मात्र आफू बुवा बन्न लागेको खबर थाहा पाएका थिए ।
च्यापेकोएन्सका फरवार्ड टियागुइन्हो भनेर चिनिने टियागो दा रोचा भिइरालाई उनकी श्रीमती ग्राजियलले यसबारे जानकारी दिँदा उनको प्रतिक्रियालाई क्यामरामा कैद गरेका थिए ।
भित्तामा अडेस लागेर बसिरहेका टियागुइन्होले उपहारको ब्यागमा राखिएको नोट पढ्छन् । जब उनले आफ्नो छोराको जन्म हुँदैछ भन्ने थाहा पाउँछन् तब उनी खुसीले उफ्रन्छन् र साथीहरुसँग गाउँछन् र नाच्छन् ।


यो भिडियो उनको परिवारको सदस्यले दुर्घटना भएकै दिन अनलाइनमा पोष्ट गरेको छ । उक्त हवाई दुर्घटनामा ७१ मानिसको मृत्यु भएको छ जसमा २२ वर्षीय उनी पनि एक हुन् ।
च्यापेकेएन्सका गोलकिपर ड्यानिलो ती सातजना घाइते मध्येका एक हुन् जसलाई बोलिभियादेखि मेडलिन शहरको यात्रामा रहेको प्लेनको भग्नावशेषमा भेटिएका थिए ।
३१ वर्षीय उनलाई तत्काल उपचारको लागि अस्पताल पुर्याइयो । तर निकै घाउ लागेका कारण उनको अस्पतालमा नै मृत्यु भयो । केहि हप्ता अघि उनले श्रीमती र आफूसँगै भएको फोटो पोष्ट गरेका थिए जसमा उनले लेखेका थिए, ‘मेरी माया’ ।
एक अन्य तस्बिरमा उनले साथी एलन रस्चेल, २७, सँग सेल्फी खिचाउँदै लेखेका थिए, ‘हामी आउँदैछौं कोलम्बिया ।’
रस्चेललाई विमानको भग्नावशेषबाट गोलकिपर ज्याक्सन फोलम्यान, डिफेन्डर हेलियो हर्मिटो ज्याम्पायर नेटो, एक पत्रकार र विमानका दुई सदस्यसँगै जिउँदै निकालिएको अधिकारीले बताएका छन् ।
Loading...

Post a Comment

 
Top