0
Loading...
नेपाल चलचित्र प्राविधिक संघ तथा कम्सेप्ट भिजन प्रालीको आयोजनामा नेफ्टा फिम अवार्डको नवौं संस्करणमा भब्य रुपमा सम्पन्न भएको छ। युएई दुबईको अल नासर लिजरल्याण्ड आइस रिन्कको हलमा शुक्रबार साँझ करिब एकसय भन्दा बढि कलाकार तथा सयौं दर्शकहरुको उपस्तिथिमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो। कुल उनन्तीस बिधामा बितरण गरिएको अवार्डमा कार्यक्रममा चलचित्र ‘पशुपतिप्रसाद’ उत्कृष्ट चलचित्र घोषित भएको छ भने उत्कृष्ट संवादमा पनि पशुपति प्रसादले नै अवार्ड हात पारेको छ।
त्यस्तै उत्कृष्ट अभिनेतामा चलचित्र ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राईले अवार्ड जितेका छ्न। उत्कृष्ट अभिनेता घोषित भएपनी अवार्ड कार्यक्रममा भने नायक दयाह्याङ राई उपस्थित थिएनन् । त्यस्तै पपुलर अभिनेताको उपाधि जितेका नायक अनमोल केसी पनि अवार्ड कार्यक्रममा उपस्थित भएनन् भने उस्कृस्ट अभिनेत्रीको अवार्ड ‘क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठले उचालिन्।

यस्तै नेफ्टा नबौं फिल्म अवार्डको उत्कृष्ट डेब्यू अभिनेताको रुपमा ‘नाई नभन्नु ल ४’ बाट पल शाहले जितेका छन् डेब्यू अभिनेत्रीको अवार्ड ‘ड्रिम्स’बाट साम्राज्ञीराज्यलक्ष्मी शाहले हात पारेकी छिन्।
तोकिएको समय भन्दा केही ढिला संचालन भएको अवार्ड कार्यक्रममा नेफ्टा टिमले यसपटक सुरक्षा क्षेत्रका दुई ब्यक्तिलाई पनि विशेष सम्मान गरेको छ। कार्यक्रममा उपस्थित नेपाल प्रहरीका एसएसपि सरबेन्द्र खनाल तथा केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख नबराज सिलबाललाई सुरक्षा क्षेत्रमा पुर्याएको बिशेष योगदानको कदर गर्दै सम्मान गरेको हो।
त्यसैगरी कलाकार धुर्मुस सुन्तलीलाई पनि नेफ्टाले विशेष सम्मान गरेको थियो। कलाकारीता संगै सामाजिक कार्यमा रातदिन सक्रिय रहेर भुकम्प पीडितका लागि नमुना बस्ती निर्माण गरि सिङ्गो नेपाली कलाकारको सिर उच्च पारेको भन्दै नेफ्टाले कलाकार सिताराम कट्टेल ( धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)लाई पृथक योगदान सम्मान गरेको हो। सम्मान ग्रहण गर्नकोलागि यी दुई जोडि स्टेजमा उक्लिदै गर्दा कार्यक्रममा उपस्थित सयौं दर्शकको लगातारको तालीले गर्दा कार्यक्रमको माहोलनै बेग्लै बनेको थियोे ।
कार्यक्रममा अभिनेत्री मलिना जोशी, करिश्मा मानन्धर, पूजा शर्मा, रिस्ता बस्नेत, साम्राज्ञी साह, नम्रता श्रेष्ठ,
छुल्ठिम गुरुङ, सापकोटा लगायतले विभिन्न साङ्गितिक प्रस्तुति प्रस्तुत गरेका थिए भने
अभिनेता तर्फ महानाय राजेश हमाल,अनुपबिक्रम शाही, सलोन बस्ने पल शाह, नाजिर हुसैन लगायतले उनिहरुलाई साथ दिए।
—-अवार्ड विजेताहरुको नामावली–
सर्बोत्कृष्ट श्रृंगार
दिपु पौडेल ( को आफ्नो )
सर्बोत्कृष्ट भेषभुषा
युबी थापा/योगिता पुन ( प्रेम गीत )
सर्बोत्कृष्ट कला
पासांग टि शेर्पा ( वडा नं ६ )
सर्बोत्कृष्ट द्वन्द
हिमाल केसी ( भैरब )
सर्बोत्कृष्ट संगीत संयोजन
राजन ईशान ( वडा नं ६ )
सर्बोत्कृष्ट ध्वनी मिश्रण
उत्तम न्यौपाने ( धौली )
सर्बोत्कृष्ट पार्श्वसंगीत
सुजिल कर्माचार्य ( फन्को )
सर्बोत्कृष्ट गीतकार
कृष्ण हरि बराल ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट कथा
राम ब गुरूंग ( कबड्डी कबड्डी )
सर्बोत्कृष्ट सम्बाद
खगेन्द्र लामिछाने ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट पटकथा
सुबर्ण थापा ( फन्को )
सर्बोत्कृष्ट हास्यकलाकार
विल्सन बिक्रम राई ( अधकट्टी )
सर्बोत्कृष्ट सह अभिनेता
प्रकाश घिमिरे ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट सह अभिनेत्री
निश्मा घिमिरे ( जन्मभूमि )
सर्बोत्कृष्ट गायिका
अन्जु पन्त ( प्रेमगीत )
सर्बोत्कृष्ट गायक
सुगम पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट संगीतकार
अर्जुन पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट नृत्य
रेनेसा बान्तवा राई ( प्रेमगीत )
सर्बोत्कृष्ट सम्पादन
बिपिन मल्ल ( फन्को )
सर्बोत्कृष्ट छॉयाकार
पुरूषोत्तम प्रधान ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट खलपात्र
बिपिन कार्कि ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट नवनायिका
साम्रज्ञ्य राज्यलक्ष्मि शाह ( ड्रिम्स )
सर्बोत्कृष्ट नवनायक
पल शाह ( नाई नभन्नु ल ४ )
पपुलर नायिका
पुजा शर्मा ( प्रेमगीत )
पपुलर नायक
अनमोल केसी ( ड्रिम्स )
पपुलर चलचित्र
ड्रिम्स
सर्बोत्कृष्ट नायिका
नम्रता श्रेष्ठ ( क्लासिक )
सर्बोत्कृ्ष्ट नायक
दयाहांग राई ( कबड्डी कबड्डी )
सर्वोत्कृष्ट चलचित्र
पशुपतिप्रसाद
सर्वोत्कृष्ट निर्देशक
उज्जवल घिमिरे ( वडा नं ६ )
लाईफ़ टाईम अवार्ड
कुल बहादुर महत ( जेठा दाई )
भान्छा
आनन्द बहादुर मगर ( नन्दु )
स्थल सहयोगी
उत्कृष्ट जनजाति चलचित्र
तिमि नभए
पृथक योगदान सम्मान
सिताराम कट्टेल,कुन्जना घिमिरे
प्रोत्साहन सम्मान
दिपाश्री निरौला ( निर्देशक छक्का पन्जा )
नेफ्टा स्वर्णिम सम्मान
भुवन चन्द थापा
चैत्यदेबी सिं
बसुन्धरा भुसाल
Loading...

Post a Comment

 
Top