0
Loading...

पर्यटक भिसामा थाइल्याड जान चाहने नेपालीहरुका लागि सस्तो प्याकेजको घोषणा भएको छ। थाइल्याडको टिएनआइ ट्राभल्स सर्भिस बैंकक र काठमाडौंको मातृभुमि ट्राभल्स एण्ड ट्रेक प्रालिले थाइल्याण्ड जान चाहनेहरुका लागि सस्तो प्याकेजको घोषणा गरेको हो। 
 
थाइल्याडको टिएनआइ ट्राभल्स सर्भिस बैंकक र काठमाडौंको मातृभुमि ट्राभल्सले विशेष गरी यो नेपालमा रहेका ट्राभल्स एण्ड टुर्सहरुका लागि ल्याएको प्याकेज हो। कम्तिमा १० जनाको समूह बनाएर कोही आए उनीहरुलाई पनि प्याकेज अनुसार नै थाइल्याण्ड लैजाने टिएनआई समूहका सुनिल खड्काले जानकारी दिए।
 
खड्काका अनुसार बढीमा ३९ हजार ५ सय रुपैयाँमा एक जना नेपालीले अब थाइल्याण्ड घुम्न पाउनेछन्।  'अहिलेसम्म ४३ हजारमा अरु ट्राभल्सहरुले नेपालीहरुलाई थाइल्याण्ड घुमाउन लगिरहेका छन्,' उनले भने, 'हामीले ३९ हजार ५ सय रुपैयाँमा लैजाने घोषणा गरेका छौं।' उनले थाइल्याण्ड घुम्न जाने नेपालीहरुका लागि यो सबैभन्दा सस्तो मूल्य भएको दाबी गरे।
 
'नेपालका ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले अहिले थाइल्याण्डमा रहेका टुरिजम कम्पनीलाई महँगो रकम तिरेर नेपालीहरुलाई थाइल्याण्ड लेराउने गरेका छन्, खड्काले भने, अब हामीले सस्तो प्याकेज बनाएका छौं, अब नेपालका जुनसुकै ट्राभल्स एण्ड टुर्सले हामीलाई सम्पर्क गरे हामी ३९ हजार ५ सय रुपैयाँको प्याकेज नै उनीहरुलाई दिन्छौं।'
 
यो प्याकेज थाइल्याडको टिएनआइ ट्राभल्स सर्भिस बैंकक र काठमाडौंको मातृभुमि ट्राभल्सको मात्र नभएको उनले बताए। 'यसबाट नेपाल भरीका ट्राभल्स एण्ड टुर्स कम्पनीले लाभ लिन सक्छन्', खड्काले भने।
 
५ दिन ४ रातको प्याकेज अन्तर्गत पर्यटकले  बैंकक र पत्ताया घुम्न पाउनेछन् । विमानस्थलबाट पिक अप र ड्रप अप दुवै सुविधा प्याकेज भित्र छ। होटलमा बस्ने सुविधा, विहानको नास्ता, सिटि टुरको साथै कोरल आइल्याण्ड घुम्न पनि पर्यटकले पाउनेछन्।
 
थाइल्याड जान चाहने नेपालीहरुले matribhumitravels@gmail.com र thainepalcompany@gmail.com मा  सम्पर्क गरेर अग्रिम बुकिङ्ग गर्न सकिने टिएनआइ ट्राभल्स सर्भिस बैंकक र काठमाडौंको मातृभुमि ट्राभल्सले जनाएको छ।
Loading...

Post a Comment

 
Top