0
Loading...
महोत्तरीः छोरा रोजगारीका लागि विदेशीएपछि ससुराले बुहारीमाथि लगातार यौन शोषण गर्दै आएको खुलासा भएको छ । छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका यौनका भोका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।
प्रहरीले एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा पक्राउ गरेको हो ।
महोत्तरीका एसपी नलप्रसाद उपाध्यायका अनुसार रातको समयमा ससुराले यौन शोषण गर्दै आएको उजुरीको आधारमा पक्राउ गरेको जानकारी दिए । ‘पीडिता बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्ना ससुराले एक महिनादेखि यौन शोषण गरेको र पुस ४ गते राति १० बजेको समयमा जबर्जस्ती करणी गरेको ती महिलाले हामी कहाँ उजुरी दर्ता गराइन् ।’
प्रहरीका अनुसार पीडित महिलाका श्रीमान् ६ बर्षदेखि रोजगारीको क्रममा भारतको पञ्जाबमा छन् । प्रहरीले बुहारीमाथि यौन शोषण गर्ने ससुरालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान अगाडि बढाएको छ
Loading...

Post a Comment

 
Top