Loading...
घटनापछि थापा स्वयंले प्रहरीसमक्ष आई जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । प्रहरीलाई जानकारी गराएको केही क्षणमै थापाको मृत्यु भएको प्रसाईंले बताए ।
थापाको छोरा अस्ट्रेलिया रहेको र छोरीसमेत विवाहित भएकाले घरमा उनीहरु दुई जनामात्र बसोबास गरिरहेको पाईएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रसाईंले बताए ।
Loading...
Post a Comment