0
Loading...

सुनसरी, १५ पुस । सातौं राष्ट्रिय खेलकुद आज शुक्रबार सकिँदैछ । पूर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौं भन्ने नारासहित पुस ८ गते विराटनगरमा सुरु भएको प्रतियोगिताको समापन शुक्रबार धरानमा हुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ । सातौ राष्ट्रिय खेलकुदमा शुक्रबार ६ वटा खेलका पदकको टुङगो लाग्दैछ । क्रिकेट तथा ह्याण्डबल बिराटनगरमा हुँदैछ भने धरानमा पुरुष फुटवल, धनकुटामा चेस, झापाको धुलाबारीमा जिम्न्याष्टीक र काठमाडौंमा फेन्सीङको फाइनल हुँदैछ ।
पुरुष क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्मी मोरङको बैजनाथपुरमा खेल्दैछन् । पुरुष फुटवलमा स्वर्णका लागि नेपाल आर्मी र एपिएफ खेल्नेछन् । ह्यान्डबलको पुरुष र महिला स्पर्धामा उपाधिका लागि आर्मी र एपीएफ खेल्नेछन । फाइनल खेल्न बाँकी नै रहेपनि बुद्धिचालको उपाधि भने नेपाली सेनाकी मोनालिसा खम्बुले जितिसकेकी छिन् ।
Loading...

Post a Comment

 
Top