Loading...
के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ? सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन। थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्याउनुपर्छ। के गर्भ रहला ? शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ। तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो।
Loading...
Post a Comment