Loading...

केही वर्ष पहिले विलासा देवीलाई सर्पले टोकेको थियो। गाउँलेले उनलाई मरेको ठानेर नदीमा बगाइदिएका थिए। तर गाउँलेलाई विश्वास थिएन की उनीहरुले जसको शव बगाएका थिए। उ जिउँदै घर फर्कन्छ भनेर ।उनी सबैलाई चकित पारेर ४० वर्षछि श्रीमान बिधनू तहसीलका साथ गाउँमा फर्किन । गाउँलेले जिउँदै बगाइदिएपनि कुनै व्यक्तिले उनलाई इलाहाबादमा नदीबाट बाहिर निकालेको उनी बताउछिन्। उनी तीन वर्षसम्म इलाहाबादस्थित नदी किनारमा रहेको एक मन्दिरमा बसिन्। त्यसपछि कन्नौजका राम सरण नाम गरेका व्यक्तिले उनलाई आफूसँग लिएर गए। केही वर्षपछि उनको भेट एक महिलासँग भयो ।
दुबै महिलाबीच कुरा हुँदै गएपछि विलासा देवीलाई पुरानो याद आउन थाल्यो । किनकी ति महिलाले विलासासँग सम्बन्धीत कुरा सुनाएकी थिइन्। ति महिलाले विलासाकी जेठी छोरी राम कुमारीको बारेमा बताएकी थिइन्। त्यसपछि उनले रामकुमारीलाई पनि यो कुरा बताइदिएकी थिइन्। पहिले त छोरी रामकुमारीलाई पनि विश्वास भएको थिएन्। तर सबै पुराना कुरा बताएपछि बल्ल विश्वास भयो। महिलाको कुराले विलासा देवीलाई पुरानो याद सबै आउँन थाल्यो । उनको गाउँ, परिवार र बच्चा सबै कुरा उनले सम्झन थालिन्। त्यसपछि उनी आफ्नो गाउँ सम्झेर घर पर्किइन्।
– बीबीसीबाट
Loading...
Post a Comment