Loading...

पछिल्लो समय बंगलादेशका एक नागरिक सामाजिक संजालहरूमा चर्चित बनिरहेका छन्।
उनको चर्चा विशेषगरी बंगाली समुदायमा ज्यादा रहेको छ। उनी बंगलादेशमा
विशेष चर्चित छन्। हेर्दा सामान्य भूईमान्छेजस्ता देखिने ती बंगाली
व्यक्तिलाई बंगलादेशका नयाँ सुपरस्टार बनिसकेका छन्। उनले सुपरस्टारको
चल्तीको परिभाषालाई चुनौती दिदैं आफ्नो चर्चालाई फरक उचाइमा पुर्याउन सफल
भएका छन्।
उनी हुन बंगाली मोडल तथा कलाकार आलम उर्फ अलोम बोगरा। उनको चर्चाको दायरा
यति ठूलो छ कि फेसबुकमा कयौं संख्यामा उनको फेसबुक फ्यानपेज खोलिएका छन्।
उनको लोकप्रियता सबैलाई चकित पार्ने किसिमको छ। मान्छेहरूले उनीसँग सेल्फी
लिन तँछाड मछाड गर्ने गरेका छन्।
Loading...
Post a Comment