Loading...
काठमाडौं, १० पुष । भारतको महाराष्ट्रमा भारतीय माओवादीहरुले बहुराष्ट्रिय कम्पनीका झण्डै ३ दर्जन ट्रकमा आगजनी गर्नुका साथै करोडौंको क्षति पुर्याइदिएका छन् । स्थानीय प्राकृतिक स्रोतमाथि दलाल पुँजीपतिहरुले दोहन गरेको भन्दै महाराष्ट्रको गडचिरोली जिल्लामा भारतीय माओवादीहरुले यस्तो आक्रमण गरेको बताएका छन् ।
शुक्रबार राति उनीहरुले खुला रोडमा ती गाडीहरुमा आगजनी गरेका हुन् । टाइम्स अफ इन्डियाकाअनुसार महाराष्ट्रका यी क्षेत्रमा धेरै खानीहरु रहेको, यी खानीहरुबाट कच्चा पदार्थहरुमाथि सीमित दलाल पुँजीपतिहरुले नाफा कमाएर स्थानीयहरुमाथि शोषण गरेको भन्दै भारतीय माओवादीद्धारा आक्रमण गरिएको बताइएको छ । यही डिसेम्बर २५ देखि जनवरी ३ सम्म महाराष्ट्रको एक जिल्लामा भारतीय माओवादीले बन्दको आव्हान पनि गरेको छ । यही सन्दर्भमा भारतीय माओवादीहरुको यस्तो आक्रमणले सरकार र पुँजीपतिहरुलाई दबाब सिर्जना गर्ने माओवादीहरुको बुझाई रहेको छ ।
पछिल्ला दिनहरुमा भारतको शहरी क्षेत्रमा भारतीय माओवादीहरुले आफ्नो गतिविधिलाई तीव्रतामा लगेको प्रहरीले यसअघि धेरै पटक बताइसकेको छ । प्रहरीकाअनुसार महाराष्ट्रका धेरै शहरी इलाकामा माओवादीहरुको प्रभाव अत्याधिक मात्रामा बढेको छ ।
Loading...
Post a Comment