0
Loading...
इटहरी, २२ फागुन । नेकपा एमालेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाले जनताको हितमा कुनै काम गर्न नसक्ने दाबी गरेको छ।  सो पार्टीले चलाएको मेचीकाली राष्ट्रिय अभियान अन्तर्गत इटहरीको बिराट चोकमा आइतबार आयोजित आमसभामा बोल्दै उपाध्यक्ष भीम रावलले भने, ‘ अर्काको दूताबासको भात खानेहरुले नेपाली जनतालाई केहि गर्न सक्दैनन् । ’
उनले एमालेले आगामी स्थानीय चुनावमा देशैभरि विजय हासिल गर्ने दाबी गर्दै त्यही बुझेर कांग्रेस माओवादीले एमालेविरुद्ध भ्रम फैलाइरहेको बताए ।
वर्तमान संविधानले सबैको हक अधिकारको सुनिश्चितता परेको भन्दै उनले संविधान संशोधनको जरुरी नभएको तर्क गरे । उनले केहि पार्टी र व्यक्ति हिमाल, पहाड, मधेस छुट्याउन लागिपरेको गम्भीर आरोप लगाउँदै उनले तर एमालेले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए ।
हिजो झापाबाट सुरु भएको एमाले अभियान आज इटहरी आएर विराटचोकमा सभा भइरहेको छ । अभियानमा अध्यक्ष केपी ओलीसहितका सबै शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top